काठमाडौं, १५ भदौ ।आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता चुनौती र आगामी रणनीति’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा स्थानीय तहका प्रमुख र अध्यक्षहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा महिलालाई उपप्रमुख…