काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ…