काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। बुधबार बिहान सभापति थापाले उपसभापति शर्मासहित निवर्तमान कार्यवाहक सभापति खड्कासँग उनकै निवास गल्फुटारमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेताहरूबीच गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीमा देखिएको वैचारिक विभाजन अन्त्य गर्ने र सबै पक्षलाई समेटेर लैजाने विषयमा…