निर्मल पौडेल, पर्वत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले पार्टी एकता नै कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन्। कुश्मा नगरपालिकामा आज सम्पन्न नगरस्तरीय पार्टी एकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, “पार्टी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यो एकतालाई वैचारिक रूपले मजबुत बनायौँ भने आगामी…