काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोपमा समातिएका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा आज महराको बयान सकिएपनि बुधबार थुनछेक बहस गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार खुमलटारबाट पक्राउ गरेको…