काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएर सपथ ग्रहण गरेसँगै ओमप्रकाश अर्यालले विभिन्न निर्णय गरेका छन् । मन्त्री अर्यालले आन्दोलनमा मृत्युवरण गरेका मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने तथा तथा मृतकको शव घर ठेगानासम्म पु-याउने निर्णय गरेका छन् । साथै आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय पनि गरिएकाे…