काठमााडौं । स्वतन्त्र सांसद महावीर पुनले सीमा क्षेत्रमा व्यक्तिगत प्रयोगका लागि ल्याइने सामानमा १०० रुपैयाँभन्दा बढी मूल्य भए भन्सार तिर्नुपर्ने नेपाल सरकारको पछिल्लो निर्णयलाई अव्यावहारिक र अन्यायपूर्ण भन्दै कडा आपत्ति जनाएका छन्। उनले दशकौँदेखि चलिआएको व्यवहारिक र सामाजिक अभ्यासलाई बेवास्ता गर्दै गरिएको यो परिवर्तनले सीमा क्षेत्रका बासिन्दालाई प्रत्यक्ष असर पार्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया…