काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत्रको अराजकतालाई नियमन गर्न र पत्रकारहरुको आचारसंहिता निर्माण गर्न विधेयक आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सके…