जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उनीहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गरेका हुन् । प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि…