खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, ९ वर्षीया छोरी भूमिका र ७ वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब…