स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको…