मुलुकमा विपद् प्रभावितको उद्धार, आपत्कालीन वसोवास र उपचारका लागि तीनै तहमा स्वयंसेवक परिचालन गरिने भएको छ। सरकारले स्वयंसेवकमार्फत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने नीति लिएको हो। सङ्घीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा बेमौसमी वर्षा, बाढी, पहिरो, खडेरी, आगलागी लगायतका प्राकृतिक, मानवीय एबं जैविक प्रकोपको तत्काल सम्बोधन…