काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका कोअडिनेटर जनार्दन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ । मंगलबार बिहान विद्यार्थीहरूले अधिकारीलाई कारबाहीको माग गर्दै कलेज परिसरमा नारा लगाएका थिए । शिक्षक अधिकारीले दुर्व्यवहार गरेको कुरा बाहिरिएपछि सोमबार कलेजले आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्कासन गरेको कलेज प्रशासनले जानकारी…