लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ। विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन्। स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात…