ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको छ। बिहीबार काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना…