कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् । तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो। आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ। कोरोनाको…