मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली तथा प्रदेश-१ र २ मा आंशिकदेखि सामान्यसम्म बदली रहेको जनाएको छ। अनि तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। महाशाखाले आज (शनिबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा…