गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ। मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। उनीहरू माइती जान हिँडेका थिए। सोही क्रममा भीरको…