यति ग्रुपलाई राष्ट्रिय निकुञ्जभित्र विद्युत आयोजना बनाउन सहजता प्रदान गर्नेगरी तत्कालीन केपी ओली सरकारले गरेको नीतिगत निर्णयसम्बन्धी विवादको निरुपण वृहत पूर्ण इजलासबमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको आइतबारको इजलासले उक्त आदेश दिएको हो। वृहत पूर्ण इजलासमा कम्तीमा ५ जना न्यायाधीश हुने गर्दछ। ओली सरकारले ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण…