गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो। परिवार नै सखाप हुने गरि भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो। अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन। हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका…