इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए। ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन। अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नु पर्नेछ', उनले भने । …