दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीया शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले…