त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस्, उपियाँ र साङ्लाको बिगबिगी भएपछि ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ । अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ । साथै मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ…