काठमाडौँ र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–६ स्थित सडकमा प्रदेश नम्बर ३–०२–००७प६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो। आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले…