नेपाली सेनाका हुद्धा भरत गुरुङको पैसा नदिन हत्या भएको खुलेको छ। नौ लाख रूपैयाँ पैसा नदिन गुरुङको हत्या भएको खुलेको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले बताए। गुरुङ काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको सेनाको महेन्द्रदल गणमा कार्यरत थिए। उनी बिहीबार बिहान चितवनको शारदानगरस्थित घोलमा मृत फेला परेका थिए। हत्या गरेको आरोपमा प्रहरीले नेपाली सेनाकै सिपाही गंगाधर…