नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो। कोभिड खोप निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने र गाउँ गाउँसम्म "कोल्ड चेन"को व्यवस्था गरेर उपलब्ध गराइनुपर्ने हुँदा चुनौती रहेको जानकारहरू बताउँछन्। नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको…