बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । ‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्,…