आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्राससमेत देखाई आफ्नै घरमा पटक पटक बलात्कार गर्दै आएको तथा बैशाख २२ गतेराति घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको उजुरी पछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेको जनाएको हो…