धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो। दिउँसो १२ बजेको समयमा घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी…