सरकारले निषेधाज्ञा अवधिभरि खाद्यान्नको चामलमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा चामल लिनेको भीड लाग्ने गरेको छ। एक महिनादेखि निषेधाज्ञा झेलिरहेका विपन्न नागरिकहरु जीविकोपार्जनमा समस्या भएपछि चामल लिनेको भीड लागेको हो। कालिकोटमा खाद्य संस्थानले नुन र चामलमा २० प्रतिशत छुट दिएका कारण गाउँदेखि विपन्न नागरिकहरु दैनिक ३ सयको…