बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा ६ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका…