सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाए । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।…