काठमाडौं । दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो…