काठमाडौँ,महानगरीय प्रहरीवृत्त महाराजगञ्जले दुई लाख चार हजार नगदसहित नौ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आइतबार दिउँसो पक्राउ गरेको हो ।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको…