सल्यान,बाल विवाह गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं. ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रहरी हिरासतमा छन् ।बेहुली कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७…