सुर्खेत,दशैंको अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात/सात जनालाई पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजयादशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट एक…