चौताराकाठमाडौको काँडाघारीबाट आइतबार अपहरणमा गरी हत्या गरिएका ११ वर्षीय निशान खड्काको गाउँमा रुवाबासी चलेको छ । सामाजिक सञ्जालबाट निशान हत्याको जानकारी पाएपछि मेलम्ची नगरपालिका–९, दोबाटे रातमाटास्थित परिवार र आफन्तजन शोकमा डुबेका हुन् ।सामान्य आर्थिक अवस्थाका माहिला छोरा गणेशका एक मात्र छोराको खबरले ७२ वर्षीय हजुरबुबा दुर्गाबहादुर सोमबार साँझ सम्म पनि होसमा आउन सकेका छैनन् ।…