हात्ती र मान्छेको द्वन्द कहिलेसम्म ? हात्तीको आक्रमणबाट ५ वर्षमा २४ जनाको मृत्यु

चन्द्रकला भण्डारी । काँकडभिट्टा, २१ कात्तिक ।पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु भएको छ ।जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई ‘हात्तीपीडित क्षेत्र’ मानिँदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ ।पृथ्वीनगर क्षेत्र त हात्तीको क्रिडास्थलजस्तै…

Logo