३१ दिन पैदलयात्रा गरेर काठमाडौं आएका बोहोराले गरे प्रधानमन्त्रीलाई भेट्न नपाएकाे गुनासाे

काठमाडौं । ३१ दिन यात्रा तय गरेर संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो…

Logo