भक्तपुर। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लैजाँदै र भैरवनाथको रथ (भैलख) तानातान गर्दै जात्राको सुरुआत गरिन्छ। अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा रहनेछ। काठबाट बनेको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताललाई राखेर थने (माथिल्लो टोल) र क्वने (तल्लो टोल) तर्फ तान्ने परम्परा…