गोदावरी (कैलाली) । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका…