जनकपुर । जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो । जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज…