काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान रहेको बताएका छन् । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिदै उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहार सिद्ध रहेको प्रष्ट भएको दावी गरे । प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्ने गरी जिम्मेवार भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ छ…