कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकारभित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ । सडकको दायाँ बायाँ १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यावसायिक सामग्री, प्रचारप्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो । सडक क्षेत्राधिकारभित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य…