मध्यपुर युथ एसोसियनविरुद्धको खेलमा मैदानभित्र गरिएको अभद्र व्यवहार र अनुशासनहीन कार्यका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ बस्ती युथ क्लबलाई तीन लाख जरिवाना गरेको छ। एन्फाअन्तर्गतको लिग कमिटीको सोमबार बसेको बैठकले बी डिभिजन क्लब नयाँ बस्तीलाई जरिवानासहित खेलाडी र अफिसियललाई फुटबल गतिविधिमा प्रतिबन्ध गरेको हो। क्लब अफिसियल श्रीबहादुर योगीलाई दुई वर्ष एन्फाले आयोजना गर्ने…