लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलमा आइतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। लिगमा शेर्पा तीन खेल यता अपराजित छ। उसले तीनै खेलमा शतप्रतिशत अंक जोडेको छ। थ्रीस्टारसमेत पाँच खेल यता अपराजित छ।…