नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (बिहीबार) बाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो। क्यानले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। नेपाल, ओमान र…