अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ । एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते…