इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा वुल्भ्सविजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा इलान मेस्लिएरले गरेको आत्मघाती गोल नै वुल्भ्सको जितमा निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा एडमा ट्राओरेको प्रहारलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । जारी…