इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जितसँगै अंक तालिकामा १० अंककाे अग्रता लिएकाे छ ।बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा सिटीलाई जिताउन खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।खेलको ३७ औं मिनेटमा रिचार्लिसनले गोल फर्काएपछि खेल १-१ को अवस्थामा पुग्यो…